Sunday, January 10, 2010

कल्पना प्रलयको

तपाईले कल्पना गर्नुभएको छ, हाम्रो पृथ्वीमा प्रलय आएपछि कस्तो हुन्छ?

यहि कल्पनालाई बिषय बनाएर आफ्नो कलाले रंगबाट क्नभासमा उतार्ने कोसिस रत्न काजी    शाक्यले गरेका छन्। यही पैाष १९ गते देखि सुरु भएको उनका तस्विरहरु नेपाल कला       परिसदको हलमा प्रदशनी गरिएको छ।

बिशवको चासोको बिषय भएकै बेला ‘ग्लोबल वार्मिङ’ भन्ने शिर्षक नै राखी आफ्नो कला प्रर्दशन गरिएको छ।       प्रलयको कस्तो रुप हुनसक्छ भन्ने कुरा तस्वीरमा उतारेका छन्। उनका तस्वीरमा अमुर्त शैलीका चित्रहरु देखिन्छन्। धेरै चहकिलो रंङ रातो, निलो, पहेलो र कालो रंङहरुको प्रयोगले बिष्फोट भएको अवस्था दर्शाएको छ। साथै         सैार्यमण्डलमा पृथ्बीको सामु अरु ग्रहहरु नजिकदै    गइरहेको, बभिन्न प्रकोपको बारेमा पनि चित्रमा उतारेका छन्।

सामान्य भन्दा बढी तापक्रम बढ्नुको कारण हिउहरु पग्लेर वाताबरण नै परिवर्तन भइरहेको छ।  "नेपालमा धेरै टायर बाल्ने गरेकोले हिउ पग्लेको हो कि!” उनको ब्यङगयपुर्ण भनाई छ।

बिभिन्न कारणले गर्दा बातावरण नै परिवर्तन भईरहेको कुरा उनले आफ्नो क्यनभासमा उतारेका छन्। उनि भन्छन् मानिसहरुको बानिब्यवहारको काराणले नै वाताबरणको बिग्रदो अवस्था रहेको छ।

यस प्रदशनीको उद्देश्य मानिसलाई बातावरणको स्थिति बिग्रिदै गाइरहेको बारेमा सचेत गराउनु   हो। यस प्रदशनीमा दुई दर्जन भन्दा बढि तस्बिरहरु राकहिएको छ।

प्रलयलाई हरेक कोणबाट चित्रण गरि आफ्नो कला देखाएका छन्। भारत, बंगलादेश, स्कटल्यन्ड,  जापान, कोरिया आदि देशहरुमा आफ्नो कला प्रर्दशन गरिसकेका छन्। यो उनको १३ औ एकल   प्रर्दशनी हो।

No comments:

Post a Comment