Thursday, January 28, 2010

प्रयोग पुन प्रयोग

 काठमाण्डौको फोहोर केहि दिन देखि व्यवस्थापन नभइरहेकै बेला यहि माघ ८ गते देखि नेपाल कला परिसदमा ‘ स्पर्श ’ नामको प्रदर्शनि गरिएको छ। फ्याकेको कुरालाई पुन प्रयोगमा ल्यउन सकिन्छ भन्ने कुराले मानिसहरुको जनचेतना जगाउने उद्देश्यले प्रदर्शनि गरिएको छ।

राजु खडकाको ८ बर्ष लामो समयको सफल अध्ययन हो यो प्रदर्शनि। यस प्रदर्शनिमा घर, अफिसहरमा प्रयोग हुन सक्ने बिभिन्न सजावटका बस्तुहरु रखिएको छ ।
एक्स- रेबाट बनेको फाईल रयाक, बोराबाट बनेको बस्तुहरु, थर्मकोलबाट बानेको शोफा, बेड, कम्प्युटर राख्ने टेबल, मार्करबाट बनेको टि-टेबल, टुक्रा-टुक्राबाट बनेको कापड जोडेर बनाएको ‘बेड कभर’, कुशन, गमला, पत्रिकाबाट बनेको बस्तुहरु यस प्रदर्शनिको आर्कषण रहेको छ। बिशेष त खरानि र कोईलाको धुलोबाट बनेको आँखाको चित्र नै सबभन्दा आर्कषक रहेको छ।

उनि भन्छन् “ बिदेशबाट फर्निचर मगाउने र वन बिनास गर्नुको सट्टा फालिएको बस्तुलाई पुन प्रयोगमा ल्याई त्यसलाई नै फर्निचर बनाउन सकिन्छ।“

चार बर्ष अघि देखि उनि पुर्ण रुपमा यसैमा लागिरहेका छन्। यस प्रदशनि भने उनको १० महिनाको लगनसिलताको स्वरुप हो। समाजको कल्यान गर्नको लागि सधै लागिरहने उनको भनाई छ।

काठको विकल्प, सस्तोमा राम्रो चिज भएपछि गरिब र धनिहरुले पनि उपोग गर्न मिल्न सक्ने भएकोले उनले यस्तो प्रयोग गरका हुन्।


‘आर्कीटेक्ट’ मा चार बर्ष अध्ययन गरेका, उनले १ बर्ष अगादि शिदार्थ कला परिषदमा पहिलो प्रदशनि गरेका थिए। यो उनको दोस्रो प्रदर्शनि हो।

“अहिलेको शैक्षिक सत्र सैद्धान्तीक रुपमा नै आधारित रहेकोले आफ्नो शिक्षालाई प्रयोगात्मक रुपमा प्रयोग गरेको” उनको भनाई छ।

आफ्नो वरपर फलिएको बस्तु जस्तै थर्मकोल, कार्टुन बक्स, थप्रेको खालि मार्कर, कपडाको टुक्रा, पत्रिका, पिस्ताको खोल, खरानि, कोईलाको धुलो आदिबाट पनि सुन्दर राम्रो वस्तु बनाउन सक्ने यस प्रदशनिले देखाएको छ।

‘सरकार सहयोग गरेमा आफुले देशको अरु बिभिन्न ठाउहरुमा पनि यस्तो प्रदर्शनि देखाउने छु’ उनि भन्छन ।

यदि सबैले काम नलाग्ने बस्तुलाई पुन प्रयोगमा ल्यउने हो भने भबिष्यमा राजधानिको सडक सडकमा यति फोहोरको थुप्रो हेर्नु पर्दैनथ्यो कि?

No comments:

Post a Comment