Tuesday, February 2, 2010

फोटोग्राफी मानिसको सन्तुष्टि

फोटो, जो बिना शब्दले धेरै बोल्छ। बिचार वा अभिब्यक्ति जति सुकै राम्रो सटिक भए पनि  फोटोले यथार्थको साथै बिश्वासनिय झल्काउने गर्छ। त्यसैले आमसंचार माध्यममा घटना   प्रस्तुतिमा फोटो पत्रकारिताले आफ्नो ठाउँ ओगट्न सफल  भएको छ भने घटनाको सचित्र  प्रस्तुतिले पाठक वा दर्शकको मनलाई अडाउने कार्य गर्दछ।

आमसंचार प्रशरण र फ्रकाशनमा फोटो पत्रकारिता महत्वपुर्ण भुमिका खेल्दै आएको छ।  हेर्ने हो  भने संचारको माध्ययमका रुपमा टेलिभजनले बढि प्रभावकारी छ। किनभने यसमा गतिशिल  अवस्थामा जीवन्त फोटो प्रस्तुत गर्न सकिन्छ। रेडियोबाट घटना स्थलको आवाज मात्र प्रशारण  गर्न सम्भव छ। प्रत्यक्ष फोटो पत्रकारिताको विकासमा रेडियोको भुमिका गौँण छ।

फोटो पत्रकारिताको इतिहासलाई पल्टाएर हेर्दा सर्वप्रथम फ्रान्सका जोसेफ निसेफोन निप्सेले केहि वर्षको निरन्तर खोजपछि सन १८२७ को जुन / जुलाई महिनामा निप्सले ८ घण्टा लगाएर  आफ्नो काम गर्ने कोठाको झ्यालबाट देखिएको दृश्यको स्थायी प्रतिबिम्ब नै विश्वको पहिलो  फोटोग्राफ मानिन्छ।  सन १८५७ मा भएको क्रिमिया युद्धको तस्विर रोजर फेन्टोनले खिची   पत्रिकामा फोटो छाप्नेबाट फोटोग्रफको सुरुवात भयो् यसले गर्दा पत्ररिकामा तस्विरहरु   छापिएकोले फोटो पत्रकारिताको महत्व बढ्न गयो।  त्यसबेला काठ तथा तामाका बलकबाट फोटो   छापिन्थ्यो।

सन १८५८ मा फोटोग्रफर नाडरले तस्वीर बेलुनमा चढेर खिचेको पहिलो एरियल फोटो लिएका थिए।  सन १८६३ मा पहिलो फोटोग्राफी पत्रिका ‘ EI Propagador de la Fotographic’  स्पेनमा र ‘ La camara obscura’ इटालीमा प्रकासित भयो।

प्रथम विश्वयद्ध पछि Tabloid Press को प्रादुभाव भयो। त्यस समयमा पत्रिकामा ठूलो  आकारको फोटो छापिन्थ्यो। सन १९३५ देखि Associated Press मा वाटनर फोटो पठाउन थालियो। यसलाई Tele-Photo पनि भनिन्छ।

नेपालि पत्रकारिताको इतिहासलाई फर्केर हेर्ने हो भने सन १८२६ मा निसेफोर निप्सले विश्वमा नै पहिलो फोटो बनाएको दशकौ बर्षपछि मात्र नेपालमा फोटोग्राफी प्रवेश गरेको पाईन्छ। सन १९२७  (बि स १९८४, १३ वैशाष) मा गोरखापत्र मार्फत गृष्म बहादुर देवकोटाले फोटो छाप्ने कार्यको    आरम्भ गरे। त्यसपछि २००७ साल पछि पत्रपत्रिका तथा म्यगजिनमा फोटोको प्रचलन हुन   थाल्यो। त्यसबेला फोटोग्राफीको त्यति ज्ञान नभएकोले बिदेशीहरुले फोटो लिने र बिदेशबाट नै    धुलाई गरेर ल्याउने गरिन्थ्यो। २००७ सालको क्रान्ति पछि नेपाली जनताहरुले क्यमराको बारेमा   जान्ने र प्रयोगमा ल्याउने मौका पाए। त्यहि बेला डि वी थापाले कलकताबाट फोटोग्रफी  सम्बन्धी तालीम लिई काठमाडौं न्युरोडमा फोटो स्टुडियो खोले।

संस्थागत रुपमा गोरखापत्र नै फोटोग्राफीसंग आबद्ध पहिलो संस्था हो। २००७ साल पछि श्री ५    को सरकार सञ्चार विभागले पत्रपत्रिकाहरुलाई सरकारका गतिविधि र राजपरिवारको फोटो  प्रकाशन कार्यमा बितरण गर्न सुरु गर्यो।

कुनैपनि माध्यमबाट धेरै जनसमुदायलाई सूचना प्रवाहगर्ने कार्यलाई पत्रकारिता भनिन्छ भने  फोटो पत्रकारिता भनेको आमसञ्चारको माध्यमबाट फोटोव्दारा सूचना प्रवाहगार्नुलाई फोटो  पत्रकारिता भनिन्छ। फोटो पत्रकारीता अन्तर्गत फोटोग्राफी र पत्रकारिता दुवै पक्ष समाहित  हुन्छन्।

नेपालमा फोटोग्राफीको विकास अरु देशको तुलनामा ढिलै भएपनि आजभोलि पछिल्ला समयमा   बिकसित भएका आधुनिक प्रबिधिहरु नै प्रयोग गरिएको पाइन्छ। आजको युगमा फोटो विनाको   संसार रंग बिनाको जिवन जस्तो भईसकेको छ। फोटो बिनाको संसार कल्पना पनि गर्न सकिदैन्। फोटोले समाचारपत्रको साजसज्जालाई आकर्षक र व्यक्तिहरुको ध्यान तान्ने काम पनि गर्दछ।

फोटो नभएको अखबार आकर्षब हुदैन् र पाठकको ध्यान पनि खिच्न सक्दैन, अक्षरले मात्र  भरिएको पत्रिका आकर्षक नदेखिने भएकोले फोटोको समावेश हुदा पत्रिकाको महत्व नै बढने  हुन्छ। फोटोले पाठकलाई स्पष्ट जानकारी प्रदान गर्दछ। फोटोले विश्वशनियता बढाउने भएकोले   कुनै घटना घट्दा लेखेर भन्दा फोटो राख्दा बढि मानिसको ध्यान वा पठनिय बनाउन सकिन्छ।   फोटोले सत्य र जिवन्त तथा सजीव प्रस्तुतीकरण गर्दछ। यो नै विश्वको एकमात्र साझा भाषाको  रुपमा स्थापित हुन पुगेको छ। किनभने संसारको कुनै पनि देश, जाति वा भाषा बोलेता पनि   सजिलै बुझ्न सक्ने एकमात्र माध्ययम फोटो बन्न पुगेको छ।

फोटोग्राफी भनेको मानिसको एक किसिमको मनेरञ्जन हो। यदि सहि ढंगले प्रयोग गर्ने हो भने  यो एउटा कला हो। जस्ले आफुलाई मात्र होइन कि अरुलाई पनि आन्नद तुल्याउछ। यो कला भनेको सन्तुष्टि हुने र पार्ने माध्यम पानि हो। यस युगमा फोटोग्राफी कुनै नयाँ बिषय भने  होईन। जति मानिसलाई शब्दले प्रभाव गर्छ त्यो भन्दा बढि फोटोले शक्तिशाली र प्रभावकारी   सन्देश व्यक्त गर्न सक्दछ।

फोटोग्राफी समाजको ऐनाको रुपमा अहिले उभिएको छ। यस्ले समाजका राम्रा कुराहरु मात्र भन्ने गर्दैन् नराम्रा कुरा पनि भन्ने गरेको छ। त्यसकारण यसको माध्ययबाट मानिसहरु सचेत पनि हुन थालेका छन्। त्यहिभएर फोटोग्राफीप्रति प्रत्येक व्यक्ति सचेत हुन् जरुरी छ।

हाम्रो देशमा फोटोग्राफीमा उपयोग हुने उपकरणहरु उत्पादन नहुनु, अरुदेशबाट ल्याउनु पर्ने, यस सम्बन्धी शिक्षण संस्थाको कमि तथा आफ्नै भाषामा पर्याप्त पुस्तकहरु नहुनुले पनि यसको संस्थागत विकासमा ढिलाई भईरहेको छ। तर अहिले यो बिषय पाठ्यक्रममा पनि समावेश गरिनु, रिजगारीका अवसर बढ्दै जानु, आम मानिसमा यसको आवस्यक्ता महसुस हुनुजस्ता  कारणहरुले गर्दा यसको भविष्य अझ उज्जवल हुने कुरालाई प्रतिबिम्बित गर्दछ।

No comments:

Post a Comment